काठमाडौँ, २४ जेठ । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनको खवर निराधार भएको परिवारजनले जनाएको छ । गुरुङको उपचारको क्रममा राजधानीस्थित ग्राण्डी अस्पतालमा निधन भएको खवरहरु सामाजिक संजाल र केही अनलाइनहरुमा आएपछि परिवारजनले दुःख व्यक्त गरेका छन् । ७८ वर्षीय गुरुङ राष्ट्रिय गानका संगितकार हुन् ।
अन्न नली, श्वासप्रश्वास, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले पीडित गुरुङ एक सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया