‘टेस्टी टेस्टी, दर चाहियो’ लिएर आउँदै वाइवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७३, सोमबार ०८:३५

waibaकाठमाडौँ, । मोडल तथा गायिका हिरामाया वाइवा ‘टेस्टी टेस्टी दर चाहियो’ तिजको गिती एल्बम लिएर नेपाली बजारमा आउने भएकी छन् ।
यसअघि हेर न गाँउ सहर लौ आइसक्यो खुशीको लहर, आगानैभरी सयपत्री फुल (सेलो), पल्कियो केटो पल्कियो र विभिन्न तिज गीतलगायत आधा दर्जन गीति एल्बममा स्वर तथा मोडल गरिसक्नुभएकी वाइवा हाल तिजको गित बनाउन व्यस्त छन् ।
विस २०६७ सालदेखि नेपाली गिती क्षेत्रमा प्रवेश गर्नुभएकी वाइवा बच्चादेखि नै गिती क्षेत्रमा सोख भएको बताउछिन् ।
पृथ्वी राजमार्गस्थित मलेखु घर भएकी इच्छा र आएको अवसरलाई प्रयोग गर्नका लागि यस क्षेत्रमा प्रवेश गरेको बताउछिन् । उनी भन्छिन् , “मलाई पैसा कमाउनुभन्दा पनि इज्जत कमाउन यो क्षेत्रलाई उपयोग गरिरहेको छु पक्कै सफल हुन्छु भन्ने विश्वास छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१