चट्याङबाट १ को मृत्यु, ३ घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार १३:००

काठमाडौँ २३ जेठ। रोल्पाको पाखापानी ४, उधिनढुङ्गामा शनिबार दिउँसो चट्याङ पर्दा एक जनाको ज्यान गएको छ। हावाहुरी सँगै परेको चट्याङले घरमा बसिरहेका २५ वर्षिय गोविन्द ओलीको ज्यान गएको हो।chatyang
चट्याङले उनकी श्रीमती समेत घाइते भएकी छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ।
त्यस्तै रोल्पाको करेटीमा शनिबार चट्याङ पर्दा करेटी ६, का प्रतिमन कवरको घरमा क्षति पुग्नुका साथै सोही घरमा डेरा गरेर बस्ने शिक्षिका खुमा कुमारी झाक्री र उनका एक वर्षिय छोरा सफल झाक्री घाइते भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१