कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार ०७:३४
KARMACHARI TALAB
काठमाडौं २३ जेठ ।सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै ‘सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महंगी बढ्छ’ भन्ने चर्चा अहिले चलिरहेको छ । यस्तो चर्चा यसअघि पनि कर्मचारीको तलब बढ्दा हुने गर्थ्यो । तर कर्मचारीको तलब बढेपनि त्यस अनुपातमा महंगी नबढ्ने तथ्यांकले देखाएको छ ।
 
सरकारले आगामी आर्थिक वर्षका लागि सरकारी कर्मचारीको तलबमा २५ प्रतिशत वृद्धि गरेको छ । यसअघि आर्थिक वर्ष २०७१/७२ मा कर्मचारीको तलब १० प्रतिशत वृद्धि भएको थियो ।
 
तर आर्थिक वर्ष ७१/७२ मा अघिल्लो वर्षको तुलनामा मुद्रास्फिर्ति घटेको तथ्यांकले देखाउँछ। आव २०६८/६९ मा पनि कर्मचारीको तलब ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशतसम्म बढेको थियो । त्यसवर्षको मुद्रास्फीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । आजको कारोबार दैनिकमा खबर छ ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१