बजेट बढे संगै सवारीको सडक दस्तुर तथा सम्भार दस्तुर वृद्धि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार ०५:४१

karकाठमाडौँ ,२३ जेठ ।  सरकारले सडक निर्माण तथा सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । सरकारले प्रस्तुत गरेको बजेट अनुसार मोटरसाइकल, विद्युतीय सवारी, चारपांग्रे निजी तथा भाडाका दुवै सवारीको सडक दस्तुर तथा सम्भार दस्तुर वृद्धि गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार कार, जिप, भ्यान, माइक्रोबस, बस, ट्रक, ट्रिपर, मिनीबस आदिमा मूल्यको ७ प्रतिशत कर लगाइएको छ । पहिले यो कर ५ प्रतिशत मात्र थियो । त्यसैगरी मोटरसाइकल तथा गाडीहरुको पनि सडक निर्माण तथा सम्भार करका साथै सडक कर पनि बडाइएको छ । २५० सिसीसम्मका मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको छ भने २५१ सिसीदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको छ । निजी र भाडामा दर्ता भएका सबै कार, जिप, भ्यान र माइक्रोबसको वार्षिक कर पनि वृद्धि गरिएको छ ।
निजी र भाडामा दर्ता भएका डोजर, एस्काभेटर जस्ता हेभी मेसिनरी उपकरण र मिनीट्रिपरको वार्षिक करमा पनि वृद्धि गरिएको छ । निजी हेभी उपकरणको वार्षिक कर ५ हजार बढाएर ३५ हजार पु¥याइएको छ । मिनी ट्रिपरको २५ हजार बनाइएको छ । भाडामा दर्ता भएका यस्ता हेभी उपकरणको कर १७ हजार बनाइएको छ ।
त्यसैगरी ट्रयाक्टर, अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दरमा ल्याइएको छ । १ हजार ५ सय वाटभन्दा माथिका दुई पांग्रे सवारी साधनको सडक कर १० हजार तोकिएको छ । त्यसैगरी १५०१ वाट भन्दा माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लगाइएको छ । तर यी सवारी साधनमा सरकारले ५० प्रतिशत कर छुट दिने नीति लिएका कारण वार्षिक रुपमा क्रमशः ५ र ६ हजार मात्र कर तिर्नु पर्नेछ ।

कुन निजी सवारी साधनको वार्षिक कर कति रु
१००० सिसीसम्मको कार, जिप, भ्यान, माइक्रोबसको १९ हजार
१००१ सिसीदेखि १५०० सिसीसम्मको कार, जिप, भ्यान, माइक्रोबसको २१ हजार
१५०१ सिसीदेखि २००० सिसीसम्मको कार, जिप, भ्यान, माइक्रोबसको २३ हजार
२००१ सिसीदेखि २५०० सिसीसम्मको कार, जिप, भ्यान, माइक्रोबसको ३२ हजार
२५०१ सिसीदेखि २९०० सिसीसम्मको कार, जिप, भ्यान, माइक्रोबसको ३७ हजार
२९०१ सिसीदेखि माथिका सबै कार, जिप, भ्यान, माइक्रोबसको ५३ हजार

कुन मोटरसाइकलको सडक कर कति पुग्यो रु
१२५ सिसीसम्मको मोटरसाइकललाई १० हजार
१२६ देखि २५० सिसीसम्मको मोटरसाइकललाई १२ हजार
२५१ सिसीदेखि ४०० सिसीसम्मको मोटरसाइकललाई १५ हजार
४०१ सिसीदेखि माथिका सबै मोटरसाइकललाई २० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो रु
१२५ सिसीसम्मको मोटरसाइकललाई २५ सय ९चालु आवकै दर०
१२६ देखि २५० सिसीसम्मको मोटरसाइकललाई ४ हजार ९चालु आवकै दर०
२५१ सिसीदेखि ४०० सिसीसम्मको मोटरसाइकललाई ८ हजार ९२ हजार वृद्धि०
४०१ सिसीदेखि माथिका सबै मोटरसाइकललाई १५ हजार ९५ हजार वृद्धि०

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१