संसारमा यस्ता ठाउँ छन् : जहाँ महिलालाई प्रवेश निषेध छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार ०५:१५

placeसंसारमा केही यस्ता  ठाउँ छन्। जहाँ महिलालाई प्रवेश निषेध गरिएको छ।

माउन्ट एथोस: हालै रुसका राष्ट्रपति भ्लाद्मिर पुटिन ग्रिसको माउन्ट एथोस गए। ३ सय ३५ वर्ग मिटरमा फैलिएको सो प्रायद्विपमा रूसी अर्थोडक्स चर्चका प्रतिनिधि गएको १ हजार वर्ष पुरा भएको अवसरमा पुटिन त्यहाँ गएका थिए।

माउन्ट एथोस यस्तो ठाउँ हो जहाँ महिला मात्र होइन पोथी जनावरलाई पनि प्रवेश निषेध छ। पछिल्लो १ हजार वर्षदेखि यो प्रायद्वीपका तटको पाँच सय मिटरसम्म कुनै पनि महिलालाई आउने अनुमति छैन।

‘माउन्ट एथोस: रिन्यूवल इन प्यारेन्डाइज’ का लेखक डाक्टर ग्राहम स्पीकले प्राचीन समयमा पुरूषको धार्मिक ठाउँमा महिलालाई आउने अनुमति  नभएको र यो ब्रह्मचर्य  सुनिश्चित गर्नका लागि गरिने बताए।

सबरीमाला मन्दिर: भारतको केरलको सबरीमाला मन्दिरमा १० देखि ५० वर्षकी महिलालाई प्रतिबन्ध छ।  यसो गरिनुको कारण   मन्दिरमा आएको बेला उनीहरु रजश्वला हुन सक्छन् भन्ने  डर हो।

भारतमा केही मानिसहरुको धारणा छ कि महिनावारीका बेला महिलाहरू अशुद्ध हुन्छन्। अचेल केरलकी महिला मन्दिरमा पूजा गर्न  महिला पुरूषलाई बराबर अधिकार हुनु पर्ने माग गरिरहेका छन्। सुप्रिम कोर्टले आदेश पनि दिएको छ। तर मन्दिरमा महिलालाई प्रवेश मिलेको छैन।

माउन्ट ओमाइन:   जापानमा पर्ने  माउन्ट ओमाइनलाई जापानी लोक धर्म शुगेंदोका अनुयायी पवित्र मान्छन्। दसौं शताब्दीमा ओमाइन पहाडलाई जापानको सबैभन्दा पवित्र पहाडको दर्जा दिइएको थियो। करिब  १ हजार ३ सय वर्षदेखि  महिलालाई यो पहाडमा आउने अनुमति छैन। महिलाहरु भिक्षुको ध्यान भंग गरिदिन्छन् भनेर उनीहरुलाई प्रवेशमा रोक लगाएको मानिन्छ। सन् २००४ मा ठाउँ युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ।

गल्फ क्लब मुअरफिल्ड: प्रतिष्ठित स्कटिस गल्फ क्लब मुअरफिल्ड केही दिन अघि समाचारमा छाएको थियो  किनकि महिला सदस्यलाई प्रतिबन्ध  जारी राखेका कारण उसले  ‍ओपन च्याम्पियनसिपको आयोजकबाट हात धुनु पर्यो।

मुअरफिल्डले १६ पटक ओपन चाम्पियनसीप आयोजना गरेको छ। यो क्लबमा  यो वर्ष  लैंगिक मतभेद  अन्त्य गर्नका लागि  मतविभाजन  गरिएको थियो। तर सदस्यहरुले महिललाई प्रतिबन्ध जारी राख्ने नीतिलाई समर्थन गरे।

इरानका खेल मैदान : हालै एक इरानी  महिला सोशल मिडियामा छाइन्। तेहरानको एक फुटबल स्टेडियम मा म्याच हेर्नका लागि उनले पुरुषको जस्तो पोशाक पहिरिन् र त्यसको भिडियो इन्टरनेटमा अपलोड गरिन्। इरानमा रंगशालामा  जान  महिलालाई  प्रतिबन्ध छैन तर  कोही महिला बक्सिङ  स्विमिङ र फुटबल हेर्न जान चाहन्छिन भने उनलाई प्रवेश दिइदैन। यदि उनीहरु जाने नै भए पुरुषको जस्तो पहिरन लगाउनु पर्छ।

हाजी अली दरगाह: मुम्बईको लोकप्रिय ठाउँमध्ये एक यो दरगाह मुम्बईको एक सानो द्वीपमा छ। यहँ एक ऐतिहासिक मस्जिद छ जसमा १५ औं शताब्दीका सूफ़ी संद हाजी हलीको चिहान छ।

दरगाह टस्ट्रले इस्लामको चिहानमा महिलालाई प्रतिबन्ध हुने भएकाले यहाँ पनि प्रतिबन्ध भएको बताएको छ। केही महिला अधिकारकर्मी र मुस्लिम विद्वानले दरगाहमा महिला जान पाउनु पर्ने भन्दै अदालतमा मुद्धा हालेका छन्।

प्रतिक्रिया