गम्भीर अपराध गर्नेलाई कुटपिट हैन सिधै पोलिग्राफ गराउछौ : प्रहरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७३, शनिबार ०७:५९

काठमाडौँ । कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ ।polygrapphदुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ । प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो । त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए ।

‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ ।’

फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो । चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो । जसले घटनाको अनुसन्धानलाई सहज बनायो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१