विश्वकै महँगो स्मार्टफोन, यस्ता छन् खास फिचर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार १०:०८

इजरायलको एक कम्पनीले ‘सोलरिन’ नामक स्मार्टफोन सार्वजनिक गरेको छ।
यस फोनबाट गरिएका सबै कम्युनिकेशन २५६ बिट चिप टु चिप इन्क्रिप्टेड फिचरबाट सुरक्षित हुने र यो विश्वको सबैभन्दा महँगो फोन भएको कम्पनीले दावी गरेको छ।
सुरक्षित सूचनाका लागि यो प्रविधि मिलिट्री फोर्सले पनि प्रयोग गर्ने गर्छन्।
यसमा ५.५ इन्चको आईपीएस एलइडी २के रिजोलुशन डिस्प्ले छ।
क्वालकम स्न्यापड्र्यागन ८१० प्रोसेसर भएको यस फोनमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल मेमोरी छ।
फोनमा २३.८ मेगापीक्सेलको क्यामरा र ४००० एमएएच पावरको ब्याट्री दिइएको छ। यसमा एक सिम मात्र प्रयोग गर्न सकिन्छ। यसको पावर बटनमा फिङ्गरप्रिन्ट स्क्यानर दिइएको छ।
फोनको ब्याक प्यानलमा एक सेक्युरिटी स्विच दिइएको छ जसलाई थिच्ने वितिक्कै ‘सुपर साइबर सिकियोर मोड अन (on) हुन्छ।
यो मोड विशेष गरी इन्क्रिप्टेड कलिङ र म्यासेजिङको लागि बनाइएको हो। यो मोड अन गरेपछि प्रयोगकर्ता फोनको अन्य फिचर प्रयोग गर्न असमर्थ हुने कम्पनीले जनाएको छ।
यसको मूल्य १७ हजार डलर (करिब १८ लाख ५० हजार रुपैयाँ) पर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१