के कारणले लाग्छ मानिसलाई रिंगटा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार ०७:०७

ringataकाठमाडौं । धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । रिंगटा लागेपछि चिकित्सकले त्यसको कारण पत्ता नलगाइ औषधिसमेत दिने गरेका छन् ।

रिंगटा लाग्ने कारण पत्ता लगाएर उपचार गराउने अस्पतालको अभाव हुँदा बिरामी झन् समस्यामा परेका छन् । रिगंटा के कारणले गर्दा लाग्छ रु भनी अध्ययन–अनुसन्धान नै नगरी उपचार गराउने प्रचलनका कारण हाल धेरै मानिस समस्यामा परेका छन् ।

चिकित्सकले रिगंटा लाग्ने कारण नै पत्ता नलगाइ औषधि दिने प्रचलनले पनि बिरामी थप समस्या परेका छन् । रिंगटा लाग्नु कुनै रोग नभइ यो लक्षणमात्र हो ।

मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दारहिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुनेलगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् ।

विशेषगरी कानको समस्याका कारण मानिसलाई रिंगटा लाग्ने चिकित्सकहरुले बताएका छन् । यसैगरी आँखा, हाडजोर्नीको समस्याका कारण पनि मानिसलाई रिगंटा लाग्ने चिकित्सकहरु बताउँछन् । शरीरले राम्रोसँग मस्तिष्कमा सूचना पठाउन सकेन भने पनि रिगंटा लाग्ने समस्या देखिने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१