पेलेका बहुमूल्य सामान लिलामीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार ०७:०१

tishartकाठमाडौं । ब्राजिलियन फुटबल हस्ती पेलेका बहुमूल्य सामान लिलामीमा राखिने भएको छ । पेलेले फुटबल खेल्दा लगाएका बुटदेखि विश्वकप ट्रफीको ‘रेप्लीका’, स्वर्णपदकलगायतका सामान लिलामीमा राखिन लागेको हो ।

यसका लागि पेलेले इंग्ल्यान्डको लन्डनस्थित एक कम्पनीलाई अनुमति दिएका छन् । आफ्नो करियरका सम्पूर्ण महत्वपूर्ण सामाग्री सुरक्षितसाथ पुस्तौं–पुस्तासम्म संग्रह गर्ने कार्य ज्यादै कठीन भएकाले लिलामी गर्न लागेको पेलेले बताएका छन् ।

लिलामीको सूचीमा रहेका सामानमध्ये विश्वकप ट्रफीको रेप्लीका सबैभन्दा महँगो हुने धेरैको अनुमान छ । ब्रिटिस कम्पनीले यसको मूल्य न्यूनतम् ६ लाख अमेरीकी डलर तोकेको छ ।

पेलेको जर्सी, बुट, पदकलगायतका झन्डै २ हजार सामान लिलामी गर्ने तयारी गरिएको छ । यसबापत कम्तिमा ५१ लाख अमेरिकी डलर आम्दानी हुने अनुमान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१