गितकार दिलिप पौडेलको गीति एल्बम ‘सार्थक’ अब बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७३, बिहीबार १७:४२

 

संगीतकार शक्ति बल्लवको एकल संगीत र गितकार दिलिप पौडेलको एकल रचना रहेको ‘सार्थक’ एल्बम बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको छ।

‘सार्थक’ एल्बममा जम्मा ५ गित र एउटा म्युजिक ट्र्याक राखिएको छ। यस एल्बममा सुमित खड्का, स्वरुप राज आचार्य, मिलन अमात्य र रामचन्द्र काफलेको आवाज रहेको छ।
यो ‘सार्थक’ एल्बममा समावेश सुमित खड्काको आवाज रहेको ‘रातो साडी चौबन्दीमा सजेकी’ बोलको गितको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। शंकर अधिकारी घायलको निर्देशन, ओम प्रसाईंको छायांकन र सम्पादन रहेको उक्त भिडियोमा केके र सपना लामिछानेको अभिनय रहेको छ।
दोस्रो साता म्युजिक हाइलाइट्ले उक्त भिडियोलाई बजारमा ल्याउदै छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१