हलिउड फिल्म ‘ट्रिपल एक्स स् द रिटर्न अव जेन्डर केज’को ‘सुटिङ’ सकेपछि दीपिका चुपचाप पेरिसमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार १६:१४

रणवीर भेट्न दीपिका पेरिसमागत साता प्रेमी रणवीर सिंह भेट्न दीपिका पादुकोण पेरिस पुगिन् । तर, उनले आफू त्यहाँ जानेबारे केही बताएकी थिइनन् । मिडियाको प्रश्नमा उनका सहयोगीले पनि दीपिकाले पेरिसमा रणवीरलाई नभेट्ने बताएका थिए । हलिउड फिल्म ‘ट्रिपल एक्स स् द रिटर्न अव जेन्डर केज’को ‘सुटिङ’ सकेपछि दीपिका चुपचाप पेरिस पुगेकी हुन् । रणवीर केही अघिदेखि फिल्म ‘बेफिक्रे’को सुटिङका लागि पेरिसमा छन् । त्यसो त, यो जोडी यसअघि पनि चुपचाप एक–अर्कालाई भेट्न विभिन्न ठाउँ पुग्ने गरेको थियो । गत महिना मात्र दीपिकालाई भेट्न रणवीर श्रीलंका पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१