पहिलो नेपाली जसले बिदेशी फुटबल क्लबलाई प्रशिक्षण दिंदैछन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार १४:५०

bal gopalकाठमाडौं । पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशको ए डिभिजन क्लवलाई प्रशिक्षण दिने भएका छन् । महर्जन नयाँ सिजनका लागि बंगलादेशको ‘ए डिभिजन’ क्लव ‘ब्रदर्स युनियन’को प्रशिक्षक नियुक्त भएका हुन् ।
ब्रदर्स युनियन बंगलादेशको प्रिमियर लिग टोली हो । सन् २०१३र१४ को सिजनमा यस क्लवले पाँचौं स्थानमा रहेर लिग टुंग्याएको थियो । बिदेशी ए डिभिजन क्लवमा प्रशिक्षणको अवसर पाउने महर्जन पहिलो नेपाली प्रशिक्षक हुन् । उनले ब्रदर्स युनियनसँग ३ महिनाको सम्झौता गरेका छन् । क्लवले नै प्रस्ताव गरेपछि उनी बंगलादेश जान तयार भएका हुन् । उनी विदेशी ए डिभिजन क्लवलाई प्रशिक्षण दिने पहिलो नेपाली पनि हुनेछन् ।
उनले बंगलादेशको ब्रदर्स युनियनमा सन् १९९१, ९२ र ९३ मा खेलाडीका रुपमा तीन सिजन बिताएका थिए । उनले ब्यबसायिक खेल खेलेका बेला उक्त क्लबले महत्वपूर्ण उपाधि समेत जित्न सफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१