उता छोरा मर्नु, यता आफू जेल पर्नु
काठमाडौँ १९ जेठ । जागिरको उतराद्र्वमा इज्जतमै दाग लाग्ने गरी अख्तियारद्वारा समातिनु, बुढेसकालको सहारा छोरो मारिनु र आफ्नै सन्तानको सफाया गर्ने हत्याराहरुसँग जम्काभेट हुनुजस्तो नमिठो पीडा अरु के हुन्छ ?
यस्तै दुखेसो पोख्नुपरेको छ, शान्तराज रेग्मीले । अछाम जिल्लामा जन्म भई हाल कैलाली बसाईं सरेका रेग्मीको जागिरे जीवन अढाई वर्ष मात्र बाँकी छ ।
२०७० साउन मसान्तको दिन महिनाभरीको घुस र कमिसनको रकम लिएर सहकर्मी हधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी सरकारी गाडीमै घर फर्कंदै गर्दा अख्तियारको टोलीद्वारा पक्राउ परेका थिए ।
उनका छोरा चिरञ्जीविलाई १२ कक्षामा पढ्दापढ्दै २०६९ साल भदौ १७ गते जोरपाटीका सरोज बस्नेत, बागबजारका निशुम ताण्डुकारलगायत ४ जनाको समूहले छुरा प्रहार गरी हत्या गरेको थियो ।
घुसखोरीको अपराध प्रमाणित भएपछि शान्ताराज चारखालस्थित जेलमा कैद भुक्तान गर्न पुगे । तर विडम्बना, उनलाई जेलमा स्वागत गर्नेहरु आफ्नै छोराको हत्यारा थिए ।
आफूले मारेकै केटाका बाबु हुन् या होइनन् भनेर यकिन गर्न ती हत्याराहरु पटक–पटक उनलाई सोध्ने गर्थे, तपाईं चिरञ्जीविकै बुबा होइन रु
तर, आफ्नै ज्यानमाथि खतरा हुने डरले रेग्मीले भन्ने गर्थे– होइन होइन । म चिरञ्जीविलाई चिन्दिन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया