पुरुषसरह समान ज्याला पाउनुपर्ने महिला श्रमिकको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार ०६:०२

mahila nitiहेटौंडा । कुनै पनि क्षेत्रमा काम गर्ने महिला श्रमिकले पुरुषसरहसमान ज्याला, बिमा, सामाजिक सुरक्षाको ग्यारेन्टी लगायतका विषय हुनुपर्ने भन्दै महिला श्रमिकहरुले यो विषयलाई जोडदाररुपमा उठान गरेका छन् । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालको २० औ स्थापना दिवस तथा पहिलो राष्ट्रिय महिला नीति सम्मेलनमा सहभागी महिला श्रमिक नेताहरुले यो आवाज उठाएका हुन् ।
नीति सम्मेलन उद्घाटन गर्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उप–महासचिव जनक चौधरीले समयसापेक्षरुपमा श्रमिकको समस्या र चुनौति थपिएको भन्दै महिला श्रमिकहरु विचार र शिपले पोख्त हुनुपर्ने भनाई राखे । श्रमिकले आफ्नो तत्कालको ज्यालादेखि भविष्यसम्मलाई ख्याल गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेलले महिला श्रमिकको ज्याला, सामाजिक सुरक्षा, बिमा लगायतका विषय पुरुष सरह बनाईनुपर्ने र आफुहरु यस अभियानमा रहेको बताए । उनले महिला श्रमिकको क्षमता बढाउने कार्यक्रम ल्याईने पनि जानकारी दिए ।
कार्यक्रममा जिफन्ट नारायणी अञ्चल अध्यक्ष कमलेश झा, यूनिट्राभका महासचिव सुमन पराजुली, क्युपेक नेपालका प्रतिनिधि परिषद सम्योजक चन्द« गुरुङ, जिफन्ट बरिस्ठ युनियन परिषद सदस्य गोमा तिमल्सिना, मकवानपुर एमाले अध्यक्ष मुनु सिग्देल लगायतले श्रमिकले भोग्नुपरेको समस्या र समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे आ–आफ्नो धारणा राखेका थिए । क्युपेक नेपालका महिला सचिव शान्ता बस्नेतले श्रमिक महिलाका अधिकार स्थापीत गराउन नीति सम्मेलन गरिएको जानकारी दिंदै महिला ससक्तिकरण नीति अगाडि बढाउन लागिएको बताए ।
कार्यक्रममा श्रम क्षेत्र र ट्रेड यूनियन गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ५ जना महिला श्रमिक नेतालाई सम्मान गरिएको थियो । मकवानपुरमा भईरहेको सम्मेलनमा २०० जना महिला प्रतिनिधिको सहभागीता रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१