बृहत खुला अनलाईन दोहोरी प्रतियोगिता भव्य रुपमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार ०५:५७

nepalबिजय चालिसे/ काठमाण्डौ ।  कला र गलाको सम्मान हाम्रो अभियान भन्ने नारा सहित सञ्चालनमा आएको ई नेपालखबर लोकदोहोरी ग्रुपले आयोजना गरेको बृहत अनलाईन लोकदोहोरी प्रतीयोगीता भब्य अनि.सभ्य रुपमा सम्पन्न भएको छ । कलाकार उत्थान र.सम्वर्धन गर्ने उद्देश्यले झण्डै १ महिना सम्म सञ्चालन गरीएको उक्त बृहत प्रतियोगीतामा सयौ कलाकारहरुले सहभागिता जनाएका थिए । बिशेष गरी नव कलाकारहरुको प्रतिभालाई उजागर गर्दै राष्ट्रिय कलाकारहरुको सम्मानका लागी स्थापना भएको ई नेपाल खबर छोटो समयमै सम्पुर्ण सामु निकै लोकप्रिय बन्न सफल भएको छ । छोटो समयमै आयोजना गरिएको यस बृहत खुल्ला अनलाईन प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न भएकोमा चौतर्फिबाट ई नेपाल खबर परिवारलाई बधाईको ओईरो आउन थालेको छ । प्रतियोगिताको समापन कार्यक्रम ई नेपाल खबर डट कमका अध्यक्ष राजन केसिको अध्यक्षतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बिशेष अतिथीका रुपमा चर्चित लोकदोहोरी गायक मौसम गुरुङ, गायीक भुमिका गिरी, चर्चित मोडल सज्जन हमाल रहनु भएको थियो भने निर्णायकमा गितकार नारायण कण्डेल, गायक सुर्य खड्का, गायीका सुमि घिमिरे सापकोटा, गायक प्रेम कट्वाल गायक हरी बिमर्शि रहनु भएको थियो । प्रतियोगितामा निष्पक्ष रुपमा निर्णायकको भुमिका निर्वाह गरेको भन्दै स्यम प्रतियोगितामा सहभागि कलाकारहरुले नै प्रसंशा गरेका छन् । समापन कार्यक्रमा ईनेपाल खबरका सल्लाहाकार प्रेम सुबेदिले स्वागत मन्तव्य राखेका थिए भने , उपाध्यक्ष धिरेन्द्र न्योपानेले शुभकामना एंव सचिव अमर थापाले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै लोकदोहोरी प्रतियोगिताका संयोजक अर्जुन चञ्चल गिरिले प्रतियोगिताका बिषयमा जानकारी गराएका थिए । सयौ कलाकारहरुले भाग लिएको सो प्रतियोगितामा गोर्खा सिरान्चोक रोधिकी गायीका मीना थापाले प्रथम स्थान हासिल गर्न सफल भईन । थापाले नगद रु २० हजार सहित प्रमाणपत्र हात पारिन् । त्यसैगरी अनलाइन रोधिकी गायीका आकृती श्रेष्ठले द्वितिय स्थान हाँसिल गर्दै नगदरु १५ हजार सहित प्रमाणपत्र हात पार्न सफल भईन । त्यसैगरी ई नेपालखबर लोकदोहोरीका गायक बुद्धिवीर गोर्खालीले तृतिय स्थान हासिल गर्दै नगद रु १० हजार सहित प्रमाणपत्र हात पारे । त्यस्तै अनलाईन रोधिका गायक हेन्सीराम लामीछानेले सान्तवना पुरस्कार प्राप्त गरे उनले नगद रु ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्न सफल भए । त्यसैगरी तनहुँ अडिसन रोधीका गायक एस के सुन्दास र ई नेपालखबरकी गायिका देवि महतो उत्कृष्ट गायनको स्थान ओगट्दै नगद रु २ हजार सहित प्रमाणपत्रद्वारा सम्मानीत भए । कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा खुशि व्यक्त गर्दै यस ई नेपाल खबर डट कमका अध्यक्ष राजन केसिले आगामि दिनमा पनि सबैको साथ र सहयोग यसरीनै पाई रहे कलाकारहरुको मनोभावनालाई बुझ्दै अन्य कार्यक्रमहरु आयोजना गर्ने हौसला मिल्ने बताए । अध्यक्ष केसिले यस प्रतियोगिता आयोजना गर्न आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिएका छन् । उनले ई नेपाल खबर नव कलाकारहरुको चौतारी भएकाले यसलाई सबैको साझा चौतारीका रुपमा अघि बढाउन सम्पुर्ण कलाकाहरुलाई आग्रह समेत गरेका छन् । उक्त कार्यक्रम ई नेपाल खबरका बरिष्ठ सञ्चालक विजय चालिसेले सञ्चालन गरेका थिए भने अनौपचारिक कार्यक्रम ई नेपाल खबरका सञ्चालक गंगा बाबुराम चालिसेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१