लिपिष्टिकका विषयमा मिडियामा कुरा उठेपछि पत्रकारहरूले अभिताभ बच्चनसँग सोधे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार २०:५५

ABHITAVएजेन्सी । अभिनेत्री ऐश्वर्या राय बच्चन पर्पल कलरको लिपिष्टिकका विषयमा अभिताभ बच्चनले खासै ठूलो कुरा नरहेको भन्दै टिप्पणी गरेका छन् ।

अमिताभ बच्चनसँग बुहारी ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकका विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘यसमा के गलत छ र ? ’ त्यसपछि पत्रकारहरू चकित परेको समाचारमा उल्लेख छ ।

कान फिल्म फेष्टिभलमा सहभागी हुने क्रममा ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकको चारैतिर चर्चा भएको थियो । ऐश्वर्याले पनि लिपिष्टिकका विषयमा आफूले धेरै नबोल्ने भन्दै मिडियालाई पन्छाइदिएकी थिइन् ।

ऐश्वर्याको लिपिष्टिकका विषयमा समर्थन र विरोधमा सोसल मिडियामा कुरा उठेपछि पत्रकारहरूले अभिताभ बच्चनसँग सोधेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१