सम्पदा बानियाँले उमेश भट्टलाइ विवाहको लागी बोलाए पछी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार १४:४१

नेपाली सांगीतिक बजारमा एउटा उदयमान गायकको आगमन भएको छ l झन्डै १३ वर्ष को साधनापछि एउटा फरक प्रतिभालाई लिएर गायक टेकेन्द्र नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । २०६६ सालमा ललितकला क्याम्पस बाट (गायन) गरेका गायक टेकेन्द्र आफ्नो साधनामा एकरूपता तरिकाले लागि परेको बताउनु हुन्छ ।

संगीत क्षेत्रमा अगाडी बढ्न बाटो देखाउने गुरु चण्डी प्रसाद काफ्लेसंग अझै पनि संगीत सिकिरहनु भएको छ । आफ्नो कला र गलालाई विभिन्न ठाउँ मा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले हालै ‘लाएको माया’ बोलको गीतको म्युजिक भिडियो सहित आउनु भएको छ भने गायक टेकेन्द्र चाडै नै बजारमा नयाँ एल्बम ल्याउने तयारीमा पनि छन्।

एउटा फरक परिवेशको कथावस्तु समेटिएको भिडियोलाई पछिल्लो समयका निकै व्यस्त निर्देशक दिलिप समनले निर्देशन गर्नु भएको छ । कुमार मिश्रको शब्दमा स्वयम् गायक टेकेन्द्रकै संगीत रहेको उक्त म्युजिक भिडियोमा उमेश भट्ट र सम्पदा बानियाँको अभिनय रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानलमार्फत आज रिलिज गरिएको छ ।

म्युजिक हाईलाईट प्रालिका प्रबन्धनिर्देशक ओम प्रसाई भन्छन् ‘गायक टेकेन्द्र नेपाली आफैमा पोख्त कला र गला भएका गायक हुनुहुन्छ । संगीत क्षेत्रमा एउटा ईटा थपिएको छ र उनको कला र गलाले सम्पूर्ण स्रोताहरुको मन अवश्य जित्नेछ ।’ र उहाको आगामी आउने गीतहरुले पनि सबैको मन जित्न सक्ने कुरामा दुइ मत नभएको प्रसाईले बताए।

भिडियो :
https://www.youtube.com/watch?v=LvLKvU8wjJU

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१