भारतीय सेनाको हतियार डिपोमा आगलागी हुदाँ दुई अधिकृतसहित १७ को ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार १४:१६

काठमाडौं । महाराष्ट्रको पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रीय हातहतियार डिपोमा आगलागी हुँदा दुई सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ।

त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ।

आगलागी राति १:३० बजेतिर सुरु भएको थियो । ‘मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ,’ ती सैनिक अधिकृतले बिबिसीलाई भने, ‘तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन ।’

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवाज सुनिएको थियो। के कारणले आगलागी भएको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१