प्रोटिनले भरीपूर्ण बदाम, यस्ता छन् अरु फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार १३:४४

gedagudiबदाम शरीरका लागि निकै फाईदाजनक हुन्छ। प्रोटिनको भरपुर श्रोत बदामका बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ। यसमा आइरन, नियासिन, फोलेट, क्यालसियम, र जिङ्क भरपुर मात्रामा पाइनुका साथै भिटामिन ई, भिटामिन के र भिटामिन बी ६ पाइन्छ। यी पोषणको फाइदा लिन प्रत्येक दिन रातो छिल्का भएको बदाम कम्तीमा पनि २० दाना खानुपर्छ।

बदामका केही फाइदा यस्ता छन्ः

·     बदाममा तेलको अंश हुने भएकाले पेट सम्बन्धी रोगह निको पार्छ। दिनहुँ खानाले ग्यास र एसिडीटिको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

·     भोक नलाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। यसका साथै फोक्सोलाई यसले बलियो बनाउँछ।

·     गर्भवती महिलाहलाई यसले फाइदा पुर्‍याउँछ। यसले गर्भमा रहेको शिशुको विकासमा मद्दत गर्छ।

·     बदामले कलेस्ट्रोल नियन्त्रण गर्छ। हप्ताको पाँच दिन केही बदाम खानाले मुटुको रोगबाट टाढा रहन सकिन्छ।

·     खाना खाईसके पछि ५० वा १०० ग्राम बदाम खानाले खाना सजिलै पच्छ र शरीरमा रगतको कमी पनि हुँदैन।

·     यसले छाला र हाडलाई पनि फाइदा पुर्‍याउँछ।

·     प्रत्येक दिन केही बदाम खानाले महिला र पुरुषको हर्मोन सन्तुलनमा रहन्छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१