मकाउमा किराँती राईहरूले भब्यताका साथ यलेदोङ्ग उभौली साकेला पर्व मनाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार ०८:४६

karna कर्ण बहादुर / अधिकारी मकाउ चीन। चीनको स्वशासित क्षेत्र मकाउमा किराँतीहरूको रीति रीवाज र मौलिक परम्परालाई निरन्तरता दिदै मकाउमा कार्यरत रहेका किराँती राईहरूको संस्था किराँत राई यायोक्खा मकाउले लगभग १८० जनाको उपस्थिमा भव्यताका साथ २०१६/५/३० तारिकका दिन मकाउ ताईपा स्थित “हाक्सा बीचको” समुन्द्री तटमा यलेदोङ्ग ५०७६ उभौली साकेला पर्व मनाए।उक्त कार्यक्रममा प्रमुख अतिथि किराँत राई यायोक्खा हङ्कङ्का अध्यक्ष रजिन राई,बिषेश अतिथि गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, बिशेष अतिथि किराँत राई यायोक्खा हङ्कङ्का प्रमुख सल्लाहकार शशीमदन राई,बिशेष अतिथि नविन कुमार राई,अतिथीहरू मकाउ तामाङ् घेदुङको अध्यक्ष दोर्जे तामाङ,किराँत राई यायोक्खा हङ्कङ्का सचिव बज्र कुमार राई, किराँत राई यायोक्खा हङ्कङ्का कलाकार संघका अध्यक्ष पीताम्बर राई, किराँत चुम्लुङ् याक्थुङ् मकाउका अध्यक्ष अमारीका लिम्वु,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र कुमार गुरूङ् लगाएत हङ्कङ्बाट आउनु भएका किराँत राई यायोक्खा हङ्कङका बिभिन्न बिभागका पदाधिकारीहरू हुनु हुन्थ्यो।

chinकार्यक्रमको दौडानमा प्रमुख अतिथि देखि अतिथीहरूले आआफ्नो मन्तव्य राखेका थिए।मन्तव्यमा सबैले एकै किसिमका धारणा ब्यक्त गरेका थिए।हामी नेपाली हरू जहाँ जस्तो अबस्थामा रहे पनि हाम्रो मौलिक सास्कृतिक रीतिरीवाज र परम्परालाई निरन्तरता दिन भुल्नु नहुने र एक आपसमा नेपाली नेपाली बीच भावनात्मक सम्वन्ध कायम गर्नु पर्नेमा जोड दिएका थिए।कार्यक्रममा स्वागत मन्तव्य किराँत राई यायोक्खा मकाउका महासचिव मंगल राईले दिनु भएको थियो भने कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खा मकाउका अध्यक्ष भिम कुमार राईले गर्नु भएको थियो।कार्यक्रममा भीम कुमार राईले मकाउमा रहेका सामाजिक संघ संस्थाहरू संग सहकार्य गरी अगाडी बढ्ने र नेपालीलाई पर्दा नेपालीले नै सहयोग गर्नु पर्ने धारणा राख्नु भयो।कार्यक्रममा साकेला नाच प्रस्तुत गरीएको थियो भने उपस्थिति रहेकाहरूलाई खानपीनको राम्रै ब्यबस्था गरीएको थियो।कार्यक्रमको संचालन किराँत राई यायोक्खा मकाउका सक्रिय सदस्य कृष्ण याम्फुले गर्नु भएको थियो। makau

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१