ग्रिनसिटीमा ४ लाखको उपचार निःशुल्क, एनआरएनको सहयोगमा नयाँ-नयाँ प्रविधिमार्फत विरामीको सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार ०६:२३

tandanकाठमाडौ । धापासीस्थित ग्रिनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ । जन्मजातै मुटुमा प्वाल भएका ३४ वर्षीय कमल धमलाले निःशुल्क उपचार पाएका हुन् । डा. अनिल भट्टराई नेतृत्वको टिमले कमलको मुटु छेउ रहेको दुईवटा करङको बीच प्वाल बनाई शल्यक्रिया गरेको हो ।

डा भट्टराईको टिमले शल्यक्रियाको दौरान उनको मुटुमा भएको प्वाललाई छोप्नुका साथै मुटुको दायातर्फ भएको नशाको भागलाई छोपेर त्यसलाई बायातर्फ सारेका थिए ।

अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनका  भन्छन् नेपालमा यस प्रकारको शल्यक्रिया गर्न तीन लाखदेखि चार लाख रुपैयाँ लाग्ने गर्छ । भारतमा यही अपरेशन गर्दा दश लाख भारु भन्दा बढी खर्च हुने अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । सेफ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयम्को सहयोगमा निशुल्क शल्यक्रिया गरिएको हो ।

अस्पतालले कमल जस्तै विपन्न परिवारमा जेन्मेका नुवाकोट, बागेश्वरी गाविस निवासी सुजन तामाङको पनि यसै साता निःशुल्क शल्यक्रिया गरिएको जनाएको छ । १२ वर्षीय सुजन जन्मजात नशाको रोगबाट पीडित थिए । उनको ढाडमा ट्युमर थियो । उनी दिशा, पिसाब चुहिने समस्याबाट ग्रस्त थिए ।

एउटा दैनिक पत्रिकामा उनको समाचार आएपछि ग्रिनसिटी अस्पतालले शल्यक्रिया गर्ने तत्परता देखाएको हो । डा. माया भट्टचन नेतृत्वको टिमले उनको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियाका दौरान लाग्ने सम्पूर्ण खर्च अस्पताल लगायत सहायक संस्थाले व्यहोरेका छन् । शल्यक्रिया पश्चात सुजनको हालतमा सुधार आएको छ भने उनकी आमा देवकी तामाङ अस्पतालले गरेको सहयोगलाई लिएर निकै खुशी छिन् ।

अस्पतालले यही असार २२ गते आङ खस्ने समस्याबाट पीडित सय जना महिलाको निशुल्क उपचार तथा शल्यक्रिया गर्ने भएको छ । कार्यक्रममा ग्रिनसिटी अस्पतालले काठमाडौको महाराजगञ्जमा अवस्थित समाजका लागि युवा एक्यवद्धता नामक संस्थालाई एउटा एम्बुलेस समेत हस्तान्तरण गरेको छ ।

यसरी विपन्न वर्गका विरामीलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन बताउँछन् । खासगरी एनआरएन (गैरआवासीय नेपाली) को सहयोगमा नयाँ-नयाँ प्रविधिमार्फत विरामीको सेवा गर्न पाएकोमा आफू गौरवान्वित भएको उनको भनाइ छ ।

अध्यक्ष टण्डनले पत्रकार सम्मलेनमा भने, ‘गैरआवासीय नेपालीको सहयोगमा हामीले नयाँ नयाँ प्रविधि नेपाल भित्र्याइरहेको अवस्थामा अब नेपालीले गुणस्तरीय उपचारका लागि बाहिर जानु पर्दैन ।’

lok b

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१