काठमाडौँ, १७ जेठ । नेपालको साहसिक पर्यटन (पर्वतारोहण) बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ ।
वाङ जिङले नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले ‘साइलेन्स अफ दी समिट’नामक पुस्तक तयार गरेकी हुन् । विशेषत सगरमाथा आरोहणसँग सम्बन्धित विषयलाई समेटर तयार पारिएको पुस्तक सोमबार प्रधामनमन्त्री केपी ओलीले विमोचन गरेका हुन् । जिङले नेपालमा एभरेस्ट फ्युचर फाउन्डेसन नामक संस्था दर्ता गरी यसैमार्फत नेपालका विभिन्न ठाउँमा महाभूकम्पद्वारा क्षतिग्रस्त स्कुल, गुम्बा, मन्दिर तथा अस्पतालहरूको पुनर्निर्माणमा समेत सहयोग गर्दै आएकी छिन् । २९ मे २०१५ मा नेपाल सरकारले प्रख्यात आरोही जिङलाई चाइनामा नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘पर्यटन सद्भावना दूत’ नियुक्त गरेको थियो ।
सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखक वाङले आफ्नो पछिल्लो पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गरेकी छिन ।
त्यस्तै पुस्तकमा आरोही वाङले सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका अनुभूति र अवस्थितिलाई पुस्तकमा समेटिएको छ ।
एभरेष्ट फिउचर फाउन्डेसनले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आरोही वाङले १४३ दिनमा विश्वका सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमालको उत्तर र दक्षिण दिशाबाट आरोहण गरेको र तिनको सांस्कृतिक महत्वलाई समेत उल्लेख गरिएको छ ।
आरोही वाङ् उक्त पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् । सोहि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चिन बीच इतिहासदेखि नै आर्थिक सम्वन्ध रहेको बताएका छन । उनले आर्थिक सम्वृद्धिका लागि नेपालले चीनबाट धेरै अपेक्षा रोखेको पनि स्वीकार्नुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा आज चीनिया पर्वतारोही वाङ जीङको साउण्ड अफ द साईलेन्स् नामक पुस्तक बिमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहिरहने बिश्वास ब्यक्त गरेका छन्
प्रधानमन्त्री ओलीले भने – “सगरमाथासहितका सात महादेशका हिमाल चढ्ने उहाँको जोसपूर्ण साहसलाई म कदर गर्छु । म आश्चर्यचकित भएको छु उहाँको सक्रियता र साहसप्रति ।”
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिले दुई वर्ष आरोहण अवरुद्ध भई पुनः यस वर्षको वसन्त ऋतुमा सगरमाथासहितका हिमालको उत्साहजनक सफल आरोहणले आगामी दिनमा नेपालको पर्यटनले सफलता पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताई चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताए ।
उनले नेपालका हिमालको सांस्कृतिक महत्व र रहनसहनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई उजागर गरेको पनि उल्लेखगरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पा र एभरेस्ट फ्युचर फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आरोही वाङको पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा पहिचान र प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया