नुवाकोट ,१७ जेठ । जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रुपमा विकास हुन थालेको छाँगावरोहण (क्यानोनिङ) प्रति आन्तरिक पर्यटक आकर्षित गर्न नेपाल छाँगावरोहण सङ्घले छाँगावरोहण महोत्सव गर्ने भएको छ।
पहाडका अग्ला डाँडाबाट झर्ने प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक पर्यटकीय गतिविधिका रुपमा विकास हुँदैछ। काठमाडौंबाट ३५ किलोमिटर टाढा नुवाकोट थानापाती गाविसको छहरे झरनामा जेठ २१ र २२ गते महोत्सव गर्न लागिएको हो।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, ट्रेकिङ एजेन्ट एसोेसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने महोत्सवमा करिब ३ सय स्वदेशीको सहभागिता रहने आयोजकले जनाएको छ ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बन्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रुपमा चिनिएको छाँगावरोहणप्रति पनि स्वदेशी तथा विदेशीको आकर्षण बढ्दै गएको छ।
प्रतिक्रिया