लसुनमा औषधीय गुण पनि धेरै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७३, सोमबार ०५:१२

lasunभान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनमा औषधीय गुण पनि धेरै हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी विशेषज्ञहरूले पनि यसलाई औषधिका रूपमा प्रयोग गर्दा धेरै फाइदा हुने बताउँछन् । सोहीकारण कतिपय चिकित्सकले बिरामीलाई सन्तुलित भोजनको खाने सल्लाह दिँदा लसुनको प्रयोग फाइदाजनक हुने बताउँछन् । लसुनमा शरीरलाई आवश्यक भिटामिन ए, बी तथा सी साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिज तत्त्वहरूसमेत हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्नसमेत मद्दत गर्दछ । कोलेस्ट्रोल नियन्त्रण हुँदा नसाभित्र रगत जम्न तथा बाक्लो हुन पाउँदैन । साथै, दमका रोगीलाई समेत लसुनले औषधिको काम गर्छ । औषधिको रूपमा प्रयोग कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा भार चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा केही पोटी लसुन, सानो आधा चम्चा हिङ र सानो एक चम्चा सिदेनुनको धुलो तेलमा कालो पार्ने । त्यसलाई छानेर सिसीमा राख्ने र आवश्यकताअनुसार कान सफा गरी बिहान बेलुका ४–४ थोपा हाल्नाले कानको रोग निको हुन्छ । घाँटी बसेमा स् एक–दुई पोटी लसुन चपाएर मनतातो पानीमा निलेमा पनि घाँटी बसेको ठीक हुन्छ । दाद आएमा स् घ्युकुमारी र लसुन पिनेर लेप लगाउने गरेमा दाद आएको ठीक हुन्छ । कोठी उपचारमा स् लसुनको केस्रालाई सिलौटोमा पिनेर कोठीमाथि लेप लगाउने । त्यसलाई सफा कपडाले ढाक्नुपर्छ । ढाकेको २–३ घन्टासम्म त्यसै छोडिदिने । केही दिनसम्म यसरी लेप लगाउँदा कोठी आफैँ झरेर जानेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१