काठमाडौँ ,१६ जेठ । नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सन्दर्भ पारेर नेपालका विभिन्न भूगोल तथा क्षेत्रका खानपिनलाई समावेश गरी शुक्रबारदेखि सुरु भएको खाना महोत्सवमा पारखीको सहभागिता बढदै गएको पाइएको छ ।
स्नेहा ट्राभल मिडिया नेपाल र हस्पिटयालिटी फाउन्डेसन नेपालले संयुक्त रुपमा हात्तीसारस्थित वरोसा लाउन्स एण्ड रेस्टुराँमा उक्त महोत्सव आयोजना गरेको हो । हिमाल, पहाड, तराई तथा सुदूरपश्चिम र पूर्वका खानीपिन महोत्सवमा राखिएको छ । चटामरी, फापरको रोल, विशेष किसिमको चामललाई बाफबाट पकाइएको सोजु, चिचर, भक्का ९कनिकालाई बाफले पकाएको, ढिडो, भात, मासु, सिकर्नी महोत्सवमा राखिएको छ ।
महोत्सवमा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विभिन्न संस्कृति, परम्परा तथा रीति रिवाजले भरिएको देशमा फरक÷फरक भूगोल तथा समुदायको खानपिनका परिकारले सबै जातिमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्ने विश्वास व्यक्त गरे ।
उनले पर्यटन क्षेत्रले राष्ट्रिय अर्थतन्त्र निर्माणमा ठूलो योगदान गरेको बताउँदै मुलुकका विभिन्न स्थानमा पुगेका पर्यटकलाई त्यहीको स्थानीय खानपिनमा जोड गर्न सुझाव दिए । हिमाल, पहाड, तराई तथा सुदूरपश्चिम र पूर्वका खानपिनले सजाइएको महोत्सवमा नेपाली संस्कृतिको पहिचान पाइएको थियो ।
स्नेहा ट्राभल मिडियाका निर्देशक सुरेशचन्द्र बस्नेतले गरेको परिकल्पना अनुसार खनाको परिकारको प्रबन्ध गरिएको थियो । उनले नेपाली खानाको परिचयलाई प्रचार गर्न महोत्सव आयोजना गरिएको बताए। । उनले नेपालका विभिन्न क्षेत्रका लोकप्रिय खानपिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा प्रचारप्रसार गरिरहेका छन्।
सोमबारसम्म जारी रहने उक्त महोत्सवमा विद्यार्थी, शिक्षक, व्यवसायी, कलाकार ,पत्रकार तथा विभिन्न उमेर समूहका पारखीको सहभागिता रहेको छ ।
प्रतिक्रिया