सिमाना क्षेत्रकाे ठूलो र साना मदिरा पसलहरुमा भारतीय मदिरा सेवन गर्नेकाे चाप बढदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार ०८:४४

Madira-Raksiअभिमनु पटेल/रौतहट १५ जेठ ।
सिमाना क्षेत्रकाे छेउछाउमा रहेकाे  ठूलो वा साना मदिरा पसलहरुमा भारत विहार राज्यकाे मदिरा सेवन गर्ने व्यक्तिकाे चाप बढ्दै ।
भारत विहार राज्यमा मदिरा सेवन र उत्पादन माथि विहार सरकारले राेक लगाउदा तराई क्षेत्र सिमा पारि नेपालमा रहेकाे खुल्ला दारु , देशी र विदेश मदिरा बिक्री पसलहरुमा दिउँसो २ बजै देखि रात्रि ८ बजे सम्म भिड देखापरि रहेका छन।
विहारमा मदिरा सेवन गर्ने वा चाेरेर बेच्ने व्यक्ति लाई सरकारले ताेकेकाे नियम बमोजिम कारवाही हुनभएकाेले तराई र विहार सिमाना सँग सम्बन्धित जिल्लाहरुकाे गाउँ , बजार र शहरमा मदिरा सेवन गर्नेकाे संख्या  दिनहु बढदै रहेको छ ।रौतहट जिल्लामा नेपाल प्रहरी द्रारा घरेलु मदिरा उत्पादन गर्ने भठीहरुलाई भतकाउने र नष्ट गर्ने कार्यक्रम अहिले पुरै तिब्र गतिमा गरिरहेको छ ।

रौतहटकाे ब्रहम्पुरी , बेलबिछवा , महादेवपटी , गाौर , बन्जरहा , घिउरा बजार , रामपुरखाप , नरकटिया र बंकुल बजार लगायत साना साना घरेलु दारु बेच्ने पसलेहरु खुल्याम  बजारमा छापराेकाे घर बनाएर मदिरा घरेलु तथा साना उधाेगबाट बिना दर्ता प्रमाण पत्रकाे बेचिरहेकाे छ ।
रौतहटमा घरेलु मदिराकाे ओषार पाेषार धेरै भईरहेकाे छ । साना साना मदिरा पसले साउहरुले बिना दर्ता गराई जिल्लाका साना देखि ठूला सहरमा खुल्याम बेचिरहेका छन तर त्यस्ता पसल माथि कुनै किसिमकाे प्रशासनिक कार्वाही भईरहेकाे छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१