सुमिनाको नृत्य करियर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७३, शनिबार १०:५५

काठमाडौ । नृत्य नरुचाउँने सायदै कमै होलान् । सुमिना दाहाल त सानै उमेरमा नृत्यकै कारण सेलिब्रेटी बनीसकेकी छिन् । कलात्मक नृत्य प्रस्तुत गर्ने भएकोलेनै उनले ‘योङ्ग स्टार स्कुल डान्स कम्पिडीसनको पहिलो उपाधी चुमेकी थिईन् ।sumina 4
पढाईमा समेत अव्बल सुमिना हाल ईमाडोलस्थित एक्सर ऐकेडेमीमा कक्षा ३ मा अध्ययनरत छिन् । तर, उनी आफ्नो अध्ययनमा मात्र सिमित छैनन् । ग्ल्यामरस क्षेत्रमा पनि आफ्नो रुचि भएकाले उनी यसबारे विभिन्न गतिविधिमा संलग्न हुँदै आएकी छन् ।
भर्खरै १० मात्र लागेकी सुमिनालाई विभिन्न सास्कृतिक कार्यक्रममा समेत नृत्यको लागी निम्तो आउने गर्छ । उनि अहिले सौन्दर्य प्रतियोगीता बागमती आईडियलमा समेत सहभागी छिन् । भविष्यमा कुशल नृत्यांगना बन्ने आफ्नो लक्ष्य रहेको उनि सुनाउछिन् । ‘नृत्य र मोडलिङ मेरो रुचिको विषय हो’ सुमीना भन्छिन् ‘मोडलिङलाई रुचिकै रुपमा मात्र लिएपनि नृत्य मेरो लक्ष्य हो ।’
यतिखेर ‘बागमती आईडल–२०१६’ को अन्तिम तयारी भइरहेको छ । यसविचमा भईरहेका विभिन्न प्रस्तुतीहरुमा उनले निकै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्दै आएकी छन् । नृत्य संगै गायनमा समेत रुची राँख्ने उनले बन्ठे नामक चलचित्रको प्रमुख भूमीकामा अभिनय गरीसकेकी छिन् । भबिस्य कुशल कोरियो ग्राफर बन्ने सपना बोकेकी सुमिनाले भाग लिएको बागमती आईडल को फाईनल शो जेठ २२ गते हुदैछ ।
उनि यस प्रतियोगीताको पनि उपाधी चुम्न सक्ने आत्म विशवासमा छिन् । उनि भन्छिन् ‘मलाई लाग्छ यस प्रतियोगिताको पनि जित्न सक्छु त्यसमा मेरो साथीहरु र अविभावकको ठूलो देन छ । म उहाँहरुप्रति आभारी छु ।’ आफुलाई यस स्थानसम्म आईपुग्न कोरियोग्राफर समेत रहेकी दिदी सझनाको ठुलो सहयोग रहेको सुमिना बताउछिन् ।
बाग्मती आईडल प्रतियोगितामा सुमीनालाई भोट गर्न लागी मोवाईलको म्यासेज बक्समा क्यापिटल लेटरमा ‘बि एल एक्स’ टाईप गरी एक स्पेस छोडेर सेभेन लेखि ५००६ मा पठाउनुपर्ने छ । भोटिङ २१ गतेसम्म खुल्ला रहने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१