इन्धनमा ठगीको जालो, ठगीका यस्ता तरिका पनि छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७३, शनिबार ०८:३५

indhan thagiकाठमाडौं १५ जेठ । इन्धन बोक्ने ट्यांकरमा कति तेल अटाउँछ भनेर गरिने मापन (क्यालिब्रेसन)बाटै ठगी धन्दा सुरु हुन्छ । सरकारका तर्फबाट आयल निगम प्रतिनिधि र ढुवानी व्यवसायीका तर्फबाट ट्यांकरचालकको उपस्थितिमा भारत सरकारबाट इजाजत प्राप्त निजी कम्पनीले ट्यांकरको क्यालिब्रेसन गर्ने गरेको छ ।

अहिले डिप रडका आधारमा ट्यांकरमा कति तेल अटाउँछ भनेर क्यालिब्रेसन हुन्छ । जस्तो–एउटा च्याम्बरमा १३४ सेन्टिमिटरबराबर उचाइमा ४ हजार लिटर तेल हुन्छ । तर, मिलेमतोमा १३० सेन्टिमिटर उचाइमै ४ हजार लिटर तेल हुने प्रमाणपत्र तयार गरिन्छ । एक सेन्टिमिटरमा औसतमा १० लिटर तेल हुने भएकाले चार सेन्टिमिटर कम उचाइ तोकिँदा ४० लिटर तेल गायब गर्न सकिन्छ ।ठगीका यस्ता तरिका पनि छन् ।

ट्यांकरको गलत क्यालिब्रेसनबारे भारतीय आयल कर्पोरेसन ९आइओसी०को प्रत्येक डिपोमा कार्यरत कर्मचारीलाई थाहा छ । क्यालिब्रेसनबाट बढी भएको तेल नेपाली पक्षले आयल निगमको डिपो नपुग्दै बाटोमै चोरी गर्ने विषयमा उनीहरू जानकार छन् । त्यसैले डिपोका कर्मचारीले तेल भर्ने क्रममा चालक वा निगम कर्मचारीले नदेख्ने गरी थोरै परिमाण झिकिदिने गरेको एक ढुवानी व्यवसायीले बताए ।

ठगीका यस्ता तरिका पनि छन्

निगमले तापक्रम, सञ्चालन र प्राविधिक शीर्षकमा निश्चित नोक्सानीको लक्ष्य राखेको छ । तर, लक्षित दर बढी राखेर धेरै तेल नोक्सानी देखाउने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । निगमले एक डिग्री तापक्रम फरक पर्दा एक हजार लिटरमा एक लिटर ६ मिलिलिटर पेट्रोल तापक्रम नोक्सानी हुने लक्ष्य तोकेको छ । तर, ९२० मिलिलिटरसम्म मात्रै तापक्रम नोक्सानी हुने प्राविधिकहरू बताउछन् ।

निगमले चालकलाई तेल चोर्न सजिलो बनाउने गरी लक्षित दरमा १५ बढीसम्म नोक्सानी छुट दिइरहेको छ । त्यस्तै, पेट्रोलमा ०।८०५ र डिजेल–मट्टीतेलमा ०।५५५ डिलरलाई प्राविधिक नोक्सानी दिइरहेको छ । निगमका अधिकांश डिपोमा आएका ट्यांकरबाट तेल नखन्याई सीधै पम्पमा पठाइन्छ । ट्यांकर सीधै पम्पमा पठाएपछि डिपोका कर्मचारीले सञ्चालन नोक्सानी कटाएर लाभ उठाउने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१