राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष ढुंगाना पुर्व प्रधानमन्त्रीद्वारा सम्मानीत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार १८:५९

1काठमाडौं,१४ जेठ  । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द  ढुंगानालाई शुक्रबार नागरिक समाजले पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालको हातबाट सम्मान गरेको छ । उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको  खातिर  योगदान पुर्‍याएको भन्दै नागरिक समाजले सम्मान गरिएको  हो ।

विगत १२  वर्षदेखि पत्रकारिता गर्दै आएका ढुंगानालाई गणतन्त्र दिवसको  अवसर पारेर सम्मान गरिएको आयोजकले बताएको छ ।  निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित सम्मान गरिएको राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेश जंग कुँवरले जानकारी दिएका छन्   । ढुंगाना  राष्ट्रिय  खवर डटकमका प्रधानसम्पादक समेत  हुन्  ।

सोही अवसरमा ओम समाज डेन्टलका अध्यक्ष डा सुवास घिमिरे तथा नेपाल प्रेस क्लबका अध्यक्ष  तथा बरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य लगायतलाई पनि सम्मान गरिएको थियो ।6 4 32

7

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१