शंकर शम्भु जटाधारी बोलको भजन बजारमा भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार १०:५४

काठमाडौँ ।  नेपाली तारा प्रताप लामाको आशुतोष भगवान शिवको महिमा समेटिएको शंकर शम्भु जटाधारी बोलको भजन बजारमा आएको छ ।   मिडिया ल्याब प्रा. लि. ले हाईलाईटस नेपाल मार्फत सार्बजनिक गरेको शिव भजनमा स्वर तथा संगीत गायक स्वयम् प्रताप लामाको रहेको छ भने शब्द संचारकर्मी नबिन कोइरालाको रहेको छ । सुत्र रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनमा नेपाली तथा भोजपुरी संगीतको मिश्रित फ्युजन पाइन्छ।
बौद्ध सम्प्रदायका गायक लामाले सनातन हिन्दुहरुका आराध्यदेव शिवको भजन गाएर समभावको संदेश दिएका छन ।  गीतकार नबिन कोइरालाले महा(शिवरात्रिको अवसर पारि निकाल्ने तयारी गरेपनि बिबिध कारणले गर्दा पर सरेको जानकारी गराए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१