न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष भण्डारीज्यू कहिले तलव दिने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ०८:३७

काठमाडौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष खेम भण्डारीले संचालन गरेको पुलेसो डटकमबाट अझै श्रमजीवि पत्रकारहरुले तलव पाएका छैनन् । भण्डारीले पत्रकारलाई काममा लगाएपछि तलव भने दिएका छैनन । काममा लगाएर तलव दिन्छु भन्दै हिड्ने भण्डारीले करिव २५ महिनाको ४ लाख तलव पत्रकारलाई ठगि गरेका छन् । झण्डै एक बर्ष अनामनगरमा कार्यालय राखेर संचालन गरेका पुलेसोको खर्च धान्न नसकेपछि आफै बन्द भएको हो ।
पुलेसोलाई चलाउन नसकेपछि भण्डारी अहिले काठमाडौ छाडेर महेन्द्रनगर बस्न थालेका छन् । उनले पैसा नदिएपछि पत्रकार विस्तारै पुलेसो छाडदै बैकल्पिक पेशा अंगालेका थिए । अहिले उनले आफै महेन्द्रनगरबाट अनर्गल समाचार लेख्दै पुलेसोलाई निरन्तरता दिएका छन् । भण्डारी नै महेन्द्रनगर बसेपछि त्यहाँ कार्यरत पत्रकारले अव पैसाको माया समेत मारेका छन् । ‘फोन गर्दा पैसा दिने भन्नुहुन्छ’ भण्डारीबाट पिडित पत्रकारले दुखेसो पोखे–‘कहिले दिने भन्दा पैसा भएपछि दिन्छु भन्नुहुन्छ । त्यो भन्ने थालेको २ बर्ष भयो । अव पैसाको माया मारेको जस्तो भएको छ’ ति पत्रकारले भने ।
भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष भएको वेला निकै तामझामका साथमा १५ जना पत्रकार राखेर अनामनगर कार्यालय खडा गरेर पुलेसो डटकम सञ्चालनमा ल्याएका थिए । तर उनले पुलेसो ३ महिना पनि धान्न सकेनन् र पत्रकारलाई पुलेसो संचालन भएको चौथो महिनादेखि तलव नै खुवाउन सकेनन । २०७१ साल दशैंसम्म जेनतेन चलेको पुलेसो त्यतिवेला पनि पत्रकारलाई पुरा पैसा नदिई दशंैमा रितो हात फर्काइएको थियो । दशंैमा पनि पुरा पैसा नपाएपछि रामहरि पाण्डे प्रतिमा सिलवालले पुलेसो छाडेका थिए । भण्डारीले धान्न सकिन थोरैबाट पुलेसो चलाउछु भन्दै सचित राई, विमल योगी, लोकेन्द्र वली, शरद शर्मा र रमेश वाग्लेलाई राखेका थिए । उनीहरुलाई महिना मर्ने वित्तिकै तलव दिने सर्तमा राखिएको थियो । तर दुई महिना विते पनि भण्डारीले तलव दिन सकेनन् । ‘तलव दिन सकिएन अव तपाईहरुलाई पुलेसोबाट विदा दिने निर्णय गरें’ भनेर सचित राई र विमल योगीलाई एसएमएस पठाएर पुलेसोबाट निकालेका थिए । त्यसपछि लोकेन्द्र र शरद दुवै जना मात्र राखेर संचालन गरेका भण्डारीले उनीहरु दुवैलाई पनि ठगे । ‘अव पुलेसा तिमीहरु दुवैले चलाउने हो । पैसा टाइमै पाइन्छ भनेर लोकेन्द्र र शरदलाई राखेका थिए । तर दुवैले तलव पाएनन् । जागिरबाट निकालेका राई र योगीले पटक पटक भण्डारीसंग तलव मागे पनि पाएका छैनन् । तलव माग्दा दिन्छु मात्र भन्ने गरेको पिडित पत्रकारको गुनासो रहेको छ । पछि नयाँ सोचका साथ क्लिपिङ सेवा संचालन गरेका भण्डारी त्यसमा पनि सफलता हात पार्न सकेनन । नयाँ बर्ष सन् २०१५ बाट संचालन गरेको क्लिपिङ सेवा दुई महिना पनि टिक्न सकेन । पछि सुर्खेतका चिरञ्जीवी अर्याललाई अध्यक्ष बनाएर क्लिपिङ सेवा संचालन गरेका भण्डारीकै कारण उनले पनि छाडेका हुन् । त्यस पछि पुलेसो र क्लिपिङ सेवामा एक्लै भएका भण्डारीले चलाउन नसकेर अनामनगरबाट कार्यालय बन्द गरेका थिए ।
कुन पत्रकारलाई कति दिन बाँकी ?
सचित राई ४ महिनाको तलव
विमल योगी ४ महिनाको तलव
लोकेन्द्र ओली ३ महिनाको तवल
शरद शर्मा ३ महिनको तलव
रमेश वाग्ले ३ महिनाको तलव
लोमस चापागाई ४ महिनाको तलव
रामहरि पाण्डे २ महिनाको तलव
प्रतिमा सिलवाल डेढ महिनाको तलव
कुवेर गिरी डेढ महिनाको तलवkhem
तीन महिनाको पत्रकारलाई कहिले तलव दिने भण्डारी ज्यू ?
पुलेसो र क्लिपिङ सेवा नचल्नु र कतै काम नपाएपछि भण्डारी काठमाडौ बस्न कनसकेर महेन्द्रनगर पुगेका छन् । पुलेसोमा काम गरेका पत्रकारले तलव नपाएपछि उनलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष बनाएर पठाउनेमाथि उजुरी दिने पिडित पत्रकारहरुले तयारी गरेका छन् । महेन्द्रनगर रहेका भण्डारी अहिले पुलेसोलाई अनर्गल समाचार लेख्ने र आफूलाई मन नपरेका एमाले नेतालाई गाली गरेर लेख्न थालेका छन् । काम नपाएपछि निकै छटपटाहामा परेका महेन्द्रनगरमा बसेर कहिले प्रदेश नं.७ मा टेलिभिजन र ब्रोडसिट पत्रिका निकाल्छु भनेर फेसवुकबाट घुर्कि लगाउने गरेका छन् । तर उनले त्यहाँ बसेर कुनै योजना अगाडी नबढाएका त्यहा पत्रकारहरुले बताउँदै आएका छन् । सामुदायिक रेडियो प्रशारक संघमा महेन्द्रनगरबाट टपक्क पिटेर त्यतिवेला एमाले प्रचार विभागले महासचिव बनाएका भण्डारी पछिल्ला दिन एमाले पार्टी नेताका विरुद्ध आफँैले संचालन गरेको पुलेसोमा अनर्गल प्रचारमा उत्रिएका छन् । पछिल्लो एमाले प्रचार विभागमा मनोनयन र प्रेस चौतारी नेपालको अधिवेशन लक्षित गरी निकै तल्लो स्तरको गाली गलौज गर्दै फेसबुक र पुलेसो अनलाइनमा आफ्ना अभिव्यक्ति सार्वजनिक गर्न थालेपछि उनको पछिल्लो रवैया देखेर देशभरिका पत्रकार आजित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१