आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अब आफ्नै स्वामित्वसहितको भवन पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ०५:२६

Chandar-gurung-358x300काठमाडौं। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अब आफ्नै स्वामित्वसहितको भवन पाउने भएका छन् ।
प्रतिष्ठानमा नवनियुक्त उपाध्यक्ष चन्द्रबहादुर गुरुङले प्रतिष्ठानको स्वामित्वसहितको भवनका लागि पहल अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
१५ वर्षअघि स्थापित प्रतिष्ठानले अहिलेसम्म पनि सरकारी स्वामित्वको भवन पाउन सकेको थिएन ।

प्रतिष्ठान अहिले लगनखेलस्थित साँघुरो बाटोमा पर्याप्त पार्किङ सुविधा समेत नभएको स्थानमा छ । अहिले राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा र राज्यमन्त्री कुन्ती शाही रहेकाले पनि गुरुङको प्रयास सहज हुने अनुमान गरिएको छ । गुरुङ राप्रपा नेपाल कोटाबाट उपाध्यक्षमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१