पंगेनिको मायाले मन बराल्छ ( भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७३, बिहीबार १४:०८

बिनोद ढुंगाना । यतिबेला गायक गोपिकृष्ण पंगेनिको मन बरालिन थालेको छ । पंगेनिले मन बरालिएपछि सर्जक एकनारायण भण्डारीको साहार लिदै लैनो गाईलाई घाँस,थारो गाईलाई पराल छ ,मायाले मन बराल छ भन्दै लोक दोहोरि गित बजारमा ल्याएका छन् । चर्चित सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सिर्जनामा रहेको यस गितमा गोपिकृष्ण पंगेनि र देबी घर्तीको स्वर रहेको छ । युट्युबमा बुधबार सार्वजनिक भएको गितको बजार ब्यवस्थापन सितारा म्युजिक प्रा.लि.ले गरेको छ । शंकर बि.सी.को निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा शंकरसँगै अन्जली अधिकारीको अभिनय छ । राजेश घिमिरेले यस गितका दुश्यहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् । पंगेनिको यसअघि मत परदेशि, परदेशिको सम्झना लगायतका गित बजारमा आएको थियो ।

गितको भिडियोको लिंक :- https://www.youtube.com/watch?v=3_TWm9zImMA

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१