काठमाडौं । नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहामा घरमै १७ वर्षकी मनिषा घर्तीमगरको शव फेला परेको हो । गएराति उनी घरमा एक्लै थिइन् ।
बुधबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोली अहिले घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया