काठमाडौं । पूर्वीय दर्शन र धर्म ग्रन्थका अनुसार मानिसको जीवन उसले पाएको हस्त रेखाले निर्धाण गर्ने गर्दछ । मानिसको पढाई, जीवनशैली, पारिवारिक सम्वन्ध, कमाई, बिबाह लगायतका बिषय ज्योतिषय रुपमा चल्ले गर्दछ ।
हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा चर्चा गर्न लागेका छौ ।
समुन्द्रशास्त्रका अनुसार जुन व्यक्तिको हातका औंलामा जौ जस्तो चिन्ह हुन्छ, त्यस्ता व्यक्ति निकै धनी र सुखी हुने वताइन्छ । समाजमा प्रतिष्ठित हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ समेत हुने हस्तरेखाले जनाउछ ।
शंखको चिन्ह
अध्यात्मको दृष्टिले हातमा शंखको चिन्न हुनु निकै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका व्यक्ति बुद्धीमानि हुने बताइन्छ । जुन व्यक्तिको चारओटा औंलामा शंखको चिन्ह छ त्यस्ता व्यक्तिको सरकारी उच्च पद प्राप्त गर्ने सम्भावना रहन्छ । त्यस्तै ५ औंलामा यस्तो चिन्ह हुनेले विदेश यात्रामा निस्कन पाउछ । साथमा विदेशमा राम्रो धन आर्जन गर्न सक्छ । जसको ६ वटा औंलामा शंख चिन्ह छ भने उ धर्मकर्ममा विश्वास राख्ने हुन्छ । साथमा उनीहरु आध्यात्मिक प्रवचनमा पनी तिक्ष्ण मानिन्छन् । १० ओटै औंलामा शंख हुने व्यक्ति माहात्मा हुन्छ भने ८ वटामा शंख हुने सुखी र धनी हुन्छन् ।
चक्रको चिन्ह
हस्त रेखामा हातमा हुने चक्रका बारेमा पनि चर्चा हुने गर्छ । जसको १० ओटै औंलामा चक्र छ, त्यस्ता व्यक्तिले संसार जित्न सक्छन् । त्यसैगरी एउटा मात्र चक्रहुने व्यक्ति विद्धान हुन्छन् भने २ वटा चक्र हुने सुन्दर देखिन्छन् । त्यसैगरी ३ ओटा चक्रहुनेहरु सुखी र भेग विलासमा रमाउने स्वभावका हुन्छन् ।
प्रतिक्रिया