मलेसियामा अलपत्र १४ नेपाली घर फर्के

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०६:३०
 प्रदिप राई   / क्वालालम्पुर मलेसिया ।  मलेसियमा अलपत्र परेका १४ जना नेपाली श्रमिक आइतबार घर फर्केका छन् । नेपाली दूतावास, तानागानिता र प्रगतिशील प्रवासी श्रमीक मञ्चको पहलमा उनीहरुलाई घर पठाइएको हो ।
मलेसियाको दोश्रो ठूलो सहर जोहोरवारुमा रहेको एसियापिन कम्पनी बन्द गरेर कम्पनी हिँडेपछि उनीहरु करिब डेढ वर्ष अलपत्र परेका थिए । 12022009(003)घर फर्कनेमा धनुषाका सन्तोषकुमार पण्डीत, विन्दु कापर, एमड मुस्तक, राम इश्वर यादव, रामसागर महतो, शम्भु महरा र रामप्रताप राय अहमद रहेका छन् । सप्तरीका सुखमोचन मण्डल, अजित कुमार मण्डल, शीत्तलकुमार मण्डल, शिवशंकर मण्डल, उमेश मुखिया र महेशकुमार यादव पनि घर फर्केका छन् । घर र्फकनेमा सुनसरीका रामविलाश मण्डल र रामविलाश कामत पनि रहेका छन् ।
रोजगरा कम्पनी बन्द भएपछि एजेन्टहरुले उनीहरुलाई अरु कम्पनीमा काम मिलाइदिएपनि भिसाको म्याद ०१२ अगष्टदेखि सकिएको थियो । बन्द भएको कम्पनीबाट उनीहरुले एक महिनाको तलवसमेत पाएनन् । प्रगशील प्रवासी श्रमिक मञ्चको सम्पर्कमा आएपछि उनीहरुलाई स्थ्ाानीय तानागानिता संस्थामा पुर्‍याइएको थियो । तानागानिताको पहलपछि उनीहरुको उद्धारमा सघाउ पुगेको हो ।
१४ जना श्रमिकहरु नेपाल फर्केपछि उनीहरुलाई क्षतिपुर्ती रकम प्राप्त हुनासाथ पठाइदिने मन्चका महासचिव प्रेम पाण्डेले बताए । खाली हात घर फर्केका धनुषाका रामइश्वर यादवले अलपत्र परेको केही महिना आधा पेट खाएर बस्नुपरेको पीडा सुनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१