स्वर्ग छैन भन्नेहरुका लागि मेरो देश नेपाल (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७३, बुधबार ०७:२७

काठमाडौँ ।
हरिया ठुला पाटन र पाटनभरी फुलेका रंगीविरंगी फुलहरु । छिनछिनमै मौसम परिवर्तन भइरहने, कहिले पानी पर्ने, कहिले बादल देखापर्ने, कहिले घाम लाग्ने । मानौ प्रेमी र प्रेमिकाले लुकामारी खेलेजस्तो ।

अझ हिउँ पर्ने मौसममा त सेताम्य भएर हिउँले ढाकिने फाँटहरु, फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने रुखहरुमाथि देखीने हिउँको अनुपम र लोभलाग्दो दृश्य । यही हो प्रकृतिको बरदान सुन्दर नेपालको परिचय ।

नेपाल यति सुन्दर छ जसको हामी शव्दमा उर्तान सक्दैनौँ ।

हेर्नुहोस् तस्विहरु

स्वर्ग छैन भन्नेहरुका लागि पोखराको यो द्रिश्य काफी छ……

समुन्द्री सतहदेखि ४५७ मिटर संसारको सबैभन्दा होचो अरुण उपत्यका देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो द्रिश्य हो- अरुण भ्यालीको। मनोरम हिमाली श्रृंखलाहरूले सजिएको संखुवासभा जिल्लामा पर्ने यो मकालु राष्ट्रिय निकुञ्ज भित्र छ।

यो तस्बिर भक्तपुरको शिद्धीपोखरीको हो । हेर्नुस् त यो निला आकाश र हरियो गहिरो पानी कति शान्ती र सभ्य देखिन्छ ।

यो तस्बिर पूर्वको धनकुटा जिल्लामा पर्ने पर्यटकिय गन्तव्य भेडेटार बजारको हो । यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन ।

इलाम: महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। इलामलाई ८ ‘अ’को जिल्ला भनेर चिनिन्छ। जसमा ‘अ’को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ।

स्वच्छ हावा, शान्त वातावरण र मन्मोहक हिम द्रिश्य पुल्लह्री गुम्बाको बिशेष्ता हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१