सगरमाथा आरोहण गर्ने ३ विदेशी नागरिक सम्मानित (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७३, मंगलवार १७:००

10कल्पना दंगाल / काठमाडौँ, ११ जेठ । सर्वोच्च शिखर सगरमाथा सफलता पुर्वक आरोहण गरेका ३ विदेशी नागरिक सम्मानित भएका छन् । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको उक्त सम्मान कार्यक्रममा २ थाई नागरिक र १ जना नर्वेका नागरिक सम्मानित भएका हुन । राष्ट्रियखबर डटकम तथा छिरिंगमा ट्रेक्स एण्ड एक्सपिडिसनको संयुक्त आयोजना भएको उक्त कार्यक्रममा विदेशी आरोहीहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि आनन्द पोखरेलले आरोहीहरुलाई बुद्धको मुर्ति उपहार दिदै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर प्रचार गरिदिन आग्रह गर्नुभएको थियो ।यस्तै राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाले भूकम्प पश्चात पनि नेपाल सुरक्षित रहेको र पर्यटकीय क्षेत्रहरुमा कुनै पनि असर नपरेको संन्देश आफ्नो मुलुकमा लैजान आग्रह गर्नुभएको थियो । तीन बिदेशी नागरिकहरुलाई सफलतापुर्वक सगरमाथा आरोहण गर्न सहयोग गरेका छिरिंगमा ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक दावा छिरी शेर्पालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । शेर्पाले हालसम्म ११ पटक सफलतापुर्वक सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहण कस्तो रह्यो भन्ने प्रश्नमा विदेशी आरोहीहरुले भक्कानिदै जिन्दगीकै सबै भन्दा सुखद पल रहेको र हरेक मानिसले जीवनमा एकपटक सगरमाथा हेर्नै पर्ने बताएका थिए ।1 2 3 4 6 7 8 9  11 12 13 14 15 16 17

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१