औंठाछापको मिति समेत पत्ता लगाउन सकिने विधि आविष्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०६:१०

एजेन्सी । नेदरल्यान्डका प्रमाण विज्ञानका विशेषज्ञहरूले व्यक्तिको औँलाको छाप कुन मितिमा लागेको हो भन्ने थाहा पाउन सकिने विधि पत्ता लगाएका छन् ।thumbprint

यसले अपराधको घटना भएको स्थानमा फेला परेका यस्ता छापको प्रमाणिकतालाई अझै सहयोग गर्ने अनुमान गरिएको छ ।

डच फोरेन्सिक इन्स्टिच्युटका मार्सेल डी पुइटले यो प्रमाण विज्ञानका लागि निकै महत्वपूर्ण खोज भएको बताए । उनले यो यस प्रकारको पहिलो ज्ञान भएको पनि उल्लेख गरे ।

प्रहरी अनुसन्धानमा वरदान

उनले प्रहरीले आफूहरूलाई घटनास्थलमा फेला परेका औँलाका छाप कहिले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ कि सकिँदैन भनी प्रश्न गर्ने गरेको बताए ।

यसरी औँलाको छापको मिति पत्ता लगाउँदा आशङ्कित व्यक्ति घटनास्थलमा भए वा नभएको तथा अनुसन्धानका लागि कुन औँलाको छाप सम्बन्धित हुने विषय निर्धारण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

कुनै पनि सतहमा छोडिएको औँलाको छापलाई प्रहरीसँग रहेको तथ्याङ्क भण्डारमा भिडाउन सकिन्छ । यो विधि सन् १९०० को आरम्भमा पत्ता लागेको हो । यस्ता छाप व्यक्तिको पसिना तथा चिल्लो पदार्थबाट बन्ने गरेका बताइएको छ । यसमा व्यक्तिको शरीरको कोलेस्ट्रोल, एमिनो एसिड र प्रोटिन रहने गरेको बताइन्छ ।

अन्ततः सफल

डी पुइटले यी औँलाको छापमा रहेका यी रासायनिक पदार्थमा विश्लेषण गर्न सकिने र यी रसायनले औँलाको छापको मिति पत्ता लगाउन सहयोग गर्ने बताए । डी पुइटले यसअघि यस कुराका लागि रसायनको अनुपातमा भन्दा त्यसको मात्रामा ध्यान दिइएकाले मिति पत्ता लगाउने कार्य असफल भएको बताए ।

उनले औँलाको छापको वरपरको तापक्रमणले त्यसको खिइनेक्रमका प्रभाव पत्ता लगाउन सक्ने र प्रमाण विज्ञानका विशेषज्ञले एक वा दुई दिनमा त्यसको मिति पत्ता लगाउनसक्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१