प्रेमिकाको हत्या गर्नेको बयान : ‘नाटक गरेकी होली भनेको त मरिसकिछ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७३, मंगलवार ०९:२५

काठमाडौं ११ जेठ । सामान्य विवादमा उत्पन्न आवेगलाई नियन्त्रण गर्न नसक्दा दुई वर्षदेखि ‘लिभिङ टुगेर रिलेसनसिप मा’ रहेकी प्रेमिकाको हत्या गर्ने प्रेमी श्याम श्रेष्ठ यतिबेला प्रहरी हिरासतमा पछुताइरहेका छन् ।hatya

प्रहरीसँगको बयानमा उनले मोबाइल चलाएको विषयमा उत्पन्न सामान्य विवाद शढ्दै जाँदा आवेग नियन्त्रण गर्न नसकी आफूले प्रेमिका अञ्जना थापाको कन्चटमा मुक्काले हानेको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् ।

हत्यापछि भारत फरार भएका श्रेष्ठलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा लुधियानाबाट पक्राउ गरेको हो ।

यसरी भयो हत्या
गत वैशाख २१ गते बस थन्क्याएपछि बेलुका करिब साढे आठ बजे उनी अञ्जनाको कोठामा गएका थिए । त्यसबेला अञ्जना नुहाइरहेकी थिइन् ।

अञ्जना बाथरुमबाट कोठामा नआउँदासम्म उनी अञ्जनाको मोबाइल चलाएर बसे ।

नुहाएर फर्कंदा आफ्नो मोबाइल चलाएको देखेर उनी रिसाइन् । त्यही विषयलाई लिएर उनीहरुबीच भनाभन भयो ।

भनाभन बढ्दै जाँदा श्रेष्ठले अञ्जनाको टाउको, कन्चट एवं अनुहारको भागमा मुक्काले हाने ।

‘मलाई गाली गरेपछि रिसको झोकमा मुक्काले हानिदिएको थिएँ, ऊ भुइँमा ढली,’ पक्राउ परेपछि श्रेष्ठले भनेका छन्, ‘सधैँ भुइँमा ढलेर बेहोस भएजस्तो नाटक गर्थी, नाटकै गरेकी होली भनेर वास्ता नगरी खाटमा पल्टेर बसें, धेरै बेरसम्म पनि नउठेपछि हेर्दा त उसको सास नै बन्द भइसकेको थियो ।’

तर, अञ्जनाको मृत्यु भइसकेको भन्ने उनलाई लागेको थिएन । उठाएर खातमा सुताए । यति गर्दा पनि कुनै प्रतिक्रिया नजनाएपछि मरेको ठानी उनी कोठाबाठ निस्किए । राति गएर आफूले चलाउने बसमै सुते । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१