‘निर्भय’ फिल्मको शुभआरम्भ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७३, मंगलवार ०४:३४

काठमाडौँमा  आयोजीत एक कार्यक्रममा ‘निर्भय’ फिल्मको शुभआरम्भ गरीएको छ । फिल्मका निर्माताको रुपमा देवि प्रसाद पाण्डे रहेका छन् । निर्माता पाण्डेको यो पहिलो फिल्मको रुपमा रहेको छ । उक्त फिल्म प्रसिद्धि सिने आर्टस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मले सामाजीक कथाबस्तुलाई पर्दामा प्रस्तुत गर्ने भएकोछ ।

5
फिल्म ‘निर्भय’लाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्दै छन् । निर्देशक भटट्राईको यो चौथो फिल्मको रुपमा रहेको छ । फिल्मको शुभ आरम्भ कार्यक्रममा उपस्थित निर्देशक भट्टराईले उनको गुरुको रुपमा रहेका निर्देशक आकाश अधिकारीको प्रसंसा गर्दै फिल्मको बारेमा आफ्नो भनाई राखे ।

7  ‘निर्भय’ को शुभ आरम्भ कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व अर्थ मन्त्री राम शरन महत रहेका थिए । उनले फिल्मको कलाकारहरुको प्रसंसा गर्नुका साथै फिल्मको युनिटलाई सफलताको शुभकामना दिए ।

8

फिल्ममा निखील उप्रती, नीता ढुङगाना,सुशिल पोखरेल,बिकास चापागाँई,प्रज्वल गीरी,राम चन्द्र अधिकारी लपगाएत कलाकारहरुको अभिनय रहने भएको छ ।

13
फिल्मको छायाङकन भने यहि जेष्ठको १६ गतेबाट हुदैछ । फिल्मका निर्माण पक्षले जानाकारी गराए अनुसार उक्त फिल्मलाई आउँदो मंसिरमा रीलीज हुने भएको छ ।

12

निर्माण हुन लागेको ‘निर्भय’लाई काठमाडौं, चितावन, नवलपरासी,लुम्बीनी लगाएतका ठाउँहरुमा छायाङकन गरीने भएको छ । फिल्मलाई निर्माण पक्षले मौसमले साथ दिएको खण्डमा ४० दिनमा छायाङकन सक्ने टार्गेट गरेकोे छ । उक्त फिल्मलाई ७५ लाखको लागतमा निर्माण गरीने निमाृण पक्षले जानकारी पनि गराए ।

9
‘निर्भय’का टिमले क्यामेरा र स्क्रीप्टलाई उक्त कार्यक्रमको अवसरमा पुजा पनि गरे । फिल्मको संगीत तारा प्रकास लिम्बु र अर्जुन पाखरेलले दिने भएका छन् ।

11

हिमाल केसिको द्धन्द रहनेछ । सामाजीक कथाबस्तुमा आधारीत फिल्म ‘निर्भय’मा निखील उप्रेति र नीता ढुङगानाले पहिलो पटक अनस्क्रीन रोमान्स गर्दैछन् । उक्त फिल्मको शुभ आरम्भ कार्यक्रममा उपीस्थत लीड कलाकार नीता र निखीलले पनि आ आफ्नो भनाई राखे ।

10

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१