बर्खा लाग्यो तर पनि भूकम्पपीडित टहरो र त्रिपालमै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७३, मंगलवार ०४:११

चौतारा, ११  जेठ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विस्थापितहरुले हालसम्म सुविधा पाउन नसकेपछि सिन्धुपाल्चोकका पीडितले यस वर्षको बर्खा पनि टहरो र त्रिपालमै बिताउनुपर्ने भएको छ ।

नेपाल सरकारले दिने भनिएको रु दुई लाख सहयोगबारे पीडित पक्षसँग सम्झौता हुन नसकेपछि उनीहरु बर्खामा त्रिपाल र टहरामै बिताउनुपर्ने भएको हो ।

 

 

 

भूकम्पले पहिरो लाग्नुका साथै जमिन फाटेर बस्नै नहुने भएपछि सेलाङ गाविसको बाँसखर्कमा गुम्बा, गोल्चे, सेलाङ र बतासे गाविसका १४४ परिवार सार्वजनिक जमिनमा त्रिपाल र टहरामा बस्दै आएका छन् । आफ्नै थातथलोमा फर्केर जाने अवस्था नभएर सोही ठाउँमा बसोबास गरिरहेका व्यक्तिहरु अझै पनि अन्योलमा छन् ।

जिल्ला विकास समितिका अनुसार हाल २८ गाविसमा सचिव खाली रहेको छ । त्यस्ता गाविसका बासिन्दाका लागि कहिलेसम्म अनुदानको सम्झौता हुने हो भन्नेसमेत कुनै निश्चित छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१