काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा विश्वविद्यालयलाई नै असर पुग्नेगरी भएको तालाबन्दी प्रति प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले गंभिर आपत्ति जनाएको छ ।
पहिले देखि नै आर्थिक समस्यामा रहँदै आएकोमा विश्वविद्यालयमा थप समस्याहरु सिर्जना हुनेगरी भईरहेका गतिविधिप्रति संघले आज प्रेस विज्ञप्ती जारी गरी चिन्ता व्यक्त गरेको छ ।
संघका केन्द्रीय कोषाध्यक्ष तथा संघका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालय प्रतिनिधि विष्णुप्रसाद पोख्रेलले जारी गर्नु भएको विज्ञप्तीमा विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ ।
प्रत्येक समस्याको समाधान तालाबन्दी नै हो भन्ने गलत मानसिकताको कारण विश्वविद्यायलाई अहिले सामान्य समस्याले पनि जटिल बनाउँदै लगेको पोख्रेलले विज्ञप्तीमा लेख्नु भएको छ ।
वार्ता बाहेक अन्य प्रक्रिया अप्नाउदा आउने परिणामको जिम्मेवारी तालाबन्दी गर्ने सङ्गठन नै तर्फ ध्यानाकर्षण गराउदै बार्ता मार्फत् नै समस्याको समाधान गर्न उचित हुने संघको ठहर रहेको विज्ञप्तीमा उल्लेख छ ।
दाङको बेलझुण्डीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा यही जेठ ६ गतेदेखि अनिश्चितकालनका लागि भन्दै तालाबान्दी गरिएको छ ।
प्रतिक्रिया