ट्युमर पिडित तामाङलाई क्यालीफोर्निया बस्ने नेपालीहरुबाट सहयोग (तस्बिर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार २०:५६
काठमाडौँ ,१० जेठ  । लामो समयदेखि ट्युमरको समस्याबाट पिडित  सिन्धुपाल्चोक जिल्ला कर्थली गाबिस घर भएकी  २८ बर्षकी महिला जसलाई श्रीमानले छाडी भागिसकेको छ   । २ बच्चाकि आमा समेत रहेकी  गीता तामांगको पेटमा ट्युमर पलाई जेठ ५ गते देखि टिचिंग अस्पताल महाराजगन्जमा उपचारार्थ  छिन् ।   आर्थिक स्थिति अत्यन्त कमजोर  तामाङलाई   विभिन्न व्यक्तिहरुले  आर्थिक सहयोग गरेका छन् । 
आर्थिक सहयोग अन्तर्गत सुर्य बहादुर राउतको सक्रियतामा  अमेरिकाको क्यालीफोर्नियामा बस्दै आउनुभएका  रामहरी भण्डारीले थप १०००० रुपैमा र अन्य  व्यक्तिहरुबाट गरि संकलित करिब ४०,९४५ रुपैयाँ पीडितको सहयोगको लागि नेपाल पठाइएको छ । उक्त रकम एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले ट्युमर पिडितलाई  आज हस्तान्तरण गर्नुभएको छ  । अधिकारीले सहयोग रकम आउने क्रम जारि रहेकोले अझ पनि निरन्तर सहयोग गर्ने भन्दै पिडितलाई  थप आश्वासन समेत व्यक्त गरेका छन् । गीता चित्र ट्युमर तामांग सुर्य अधिकारि सुर्य

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१