महँगीविरुद्ध नेवि सङ्घको बालुवाटार अगाडि विरोध प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार १२:१५

महँगीविरुद्ध नेवि सङ्घको बालुवाटारमा प्रदर्शनकाठमाडौँ, १० जेठ । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।
अर्को नेता लिलाबल्लभ दाहाल (काका) ले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताउनुभयो । उहाँले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१