द्वन्द्वका घटनाका पीडितद्वारा भक्तपुरमा २९ वटा उजुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार १२:१०

द्वन्द्वपीडितभक्तपुर, १० जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा भक्तपुरबाट २९ वटा उजुरी परेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा २२ वटा र बेपत्ता छानबिन आयोगमा सात वटा उजुरी परेको भक्तपुर शान्ति समिति भक्तपुरले जानकारी दिएको हो ।
सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य अनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित आयोगमा ती उजुरी परेको शान्ति समिति भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१