कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदलीलाइ बलात्कारको धम्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार १२:०१

priyanka-chaturvediनयाँ दिल्ली । भारतीय कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदलीले आफुलाई बलात्कारको धम्की आएको बताएकी छिन् । उनले ट्वीटरमार्फत यस्तो धम्की दिनेका विरुद्ध मुम्बई पुलिसमा उजूरी समेत गरेकी छिन् ।

कसरी आयो धम्की ?
चतुर्वेदीले एक ब्लगमा लेख लेख्दै आफूमाथि निर्भयालाई जसरी बलात्कार गर्ने भनेर ट्वीटरमा धम्की आएको खुलासा गरेकी छिन् । उनका अनुसार भारतीय जनता पार्टीका एक प्रवक्ताले यसअघि नै टिभी बहसका क्रममा चुप लाग्न इशारा गरेका थिए ।
चतुर्वेदीले एक महिला भएका कारण सामाजिक सञ्जालमा सक्रिय हुनु कुनै नराम्रो विषय नरहेको बताएकी छिन् ।उनले एक अलग विचार राख्नेहरुले आफूलाई यस्तो धम्की देखाएको भन्दै धम्कीले नआत्तिने बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१