विश्वकप फुटबलमा नेदरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०५:४४

काठमाडौं । ब्राजिलमा जारी विश्वकप फुटबलमा नेदरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई हम्मेहम्मे रुपमा २–१ गोल अन्तरले हराउँदै नेदरल्याण्ड अघिल्लो चरणमा उक्लेको हो ।netherland-vs-mexico

मेक्सिकोले गोल गर्दै अग्रता लिएपनि टिकाउन नसक्दा मेक्सिको घर फर्कन बाध्य भएको हो । नेदरल्याण्डले एक एक को बराबरी खेलिरहेको अवस्थामा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दा मक्सिको हिस्स परको हो ।

खेलको इन्जुरी समयमा नेदरल्याण्डका खेलाडीलाई मेक्सिकोको डिफेन्डरले पोष्ट नजिक लडाएपछि रेफ्रिले पहेंलो कार्ड दिँदै नेदरल्याण्डलाई पेनाल्टीको अवसर दिएका थिए । सो पेनाल्टीमा बललाई सिधै गोल पोष्टका जाली चुमाउँदा नेदरल्याण्ड विजय भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१