काठमाडौं । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।
यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसकेका छन् ।
प्रतिक्रिया